क्षयरोग निवारणमा प्रधान पदस्थापित

हेटौंडा । नेपाल क्षयरोग निवारण संस्था मकवानपुरको सभापतिमा सजनलाल प्रधान पदस्थापित भएका छन् । मंगलबार भएको पदस्थापन कार्यक्रमबाट प्रधान सभापतिमा पदस्थापित भएका हुन् ।

गत पुष १५ गते भएको संस्थाको प्रथम भेलाबाट प्रधानको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको थियो । नेपाल क्षयरोग निवारण संस्था मकवानपुरको उपसभापति विश्वनारायण श्रेष्ठ, सचिव गंगाप्रसाद पौडेल, कोेषाध्यक्ष सर्मिला श्रेष्ठ, सहसचिव विकास बज्राचार्य तथा सदस्यमा लक्ष्मी श्रेष्ठ, सरोज चौलागाई, प्रमिला खतिवडा, सुष्मा मैनाली, निगेन्द्रलाल श्रेष्ठ, विनोद पण्डित, डा.सगर मैनाली र विन्तीकुमारी श्रेष्ठ रहेका छन् ।

नेपाल क्षयरोग निवारण संस्थाको केन्द्रीय अध्यक्ष देवेन्द्रबहादुर प्रधानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रधानले क्षयरोग विरुद्धको सचेतना जगाउने उद्येश्यले संस्था दर्ता भएको र यसको मुख्य अभियानमा सहयोग गर्नका लागि जिल्लाहरुमा शाखा गठन भएको बताए ।

क्षयरोगको विषयमा जानकारी नहुँदा आम जनताले पाएको पीडालाई कम गर्नका लागि संस्थाले काम गर्नुपर्ने उनले बताए । स्थानीय सरकारसँग समन्वय गर्दै ग्रामीण भेगमा रहेका जनतालाई क्षयरोग बारे जनचेतना जगाउने अभियान सञ्चालन गर्न उनले शाखालाई अनुरोध समेत गरे ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका मनिर आलम, नेपाल क्षयरोग निवारण संस्था ललितपुरका सचिव शम्भुगोविन्द ताम्राकार, नेपाल औषधी व्यवसायी संघ ललितपुर अध्यक्ष इन्द्रवीर महर्जन, संस्थाको निर्वाचन अधिकृत सम्राटमान जोशी, सल्लाहकार विजेन्द्र अग्रवाललगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.