हेटौंडा । मकवानपुरे गायक धिरेन लामा लोप्चनको स्वरमा रहेको नयाँ नेपाली गीत ‘पोख्रेली मैच्याङ’ सार्वजनिक भएको छ। तामाङ समुदायको मौलिक सांगीतिक स्वाद र आधुनिक प्रस्तुति समेटिएको यस गीतले दर्शकश्रोतालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
शब्द तथा संगीत टीका बोम्जनको रहेको गीतको एरेञ्ज पवन वाङ लामाले गरेका छन्। डिजिटल काठमाडौं स्टुडियोमा रेकर्डिङ गरिएको गीतको मिक्सिङ मास्टरिङ दिका गुरुङले गरेका हुन्। भिडियोमा भीम लामा र निरञ्जली लामाको अभिनय देख्न सकिन्छ।
मेकअप आर्टिस्ट सपना लम्साल, डिओपी रोनीश तामाङ, सम्पादन तारा थापा किम्भे, कलर राजेश कुमार तथा पोस्टर विक्रम लुङ्वाले भिडियो निर्माणमा योगदान दिएका छन्। भिडियोको कोरियोग्राफी तथा निर्देशन हेरुका लामाले गरेका हुन्। संगीत, अभिनय र प्राविधिक पक्षको सन्तुलित संयोजनका कारण ‘पोख्रेली मैच्याङ’ले नेपाली संगीत बजारमा छुट्टै पहिचान बनाउने विश्वास गरिएको गायक लोप्चनले बताए ।
गीत एक साता अघि गायक लोप्चनको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियो हेर्नुहोस्:-
















