आज देशभर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

काठमाडौँ । नेपाल एकीकरणका महान् नायक राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । शाहको ३०४ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने भएको हो ।

प्रत्येक वर्ष पुस २७ गते मनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा काठमाडौँको हनुमानढोका दरबार क्षेत्र, सिंहदरबारलगायत विभिन्न स्थानमा विशेष कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रमहरूमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै उनले राष्ट्र निर्माणमा पु¥याउनुभएको योगदानको स्मरण गरिँदै छ ।

राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको यस दिनले नेपाली समाजमा जातीय, भाषिक र सांस्कृतिक विविधताबीच एकता र सद्भाव कायम राख्ने सन्देश दिने अपेक्षा गरिएको छ ।

पृथ्वीनारायण शाहको “नेपाल चार जात छत्तीस वर्णको फूलबारी हो” भन्ने दूरदर्शी भनाइलाई आत्मसात् गर्दै राष्ट्रिय एकता कायम राख्नु नै यस दिवसको मुख्य उद्देश्य रहेको बताइएको छ । सो सो अवसरमा आज देशभर सार्वजनिक विदा दिइएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.