जलवायू परिवर्तन प्रभाव न्यूनीकरण विषयमा मनहरीमा कार्यक्रम

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा जलवायू परिवर्तन प्रभाव न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम भएको छ । विभिन्न वडालाई समेटेर तीन दिनसम्म कार्यक्रम आयोजना गरिएको हो ।

जलवायु परिवर्तनले हाल विश्वभर उत्पन्न गरेको समस्याहरु अतिवृष्टि, अनावृष्टि, खडेरी, खेतीपाती उत्पादनमा परेको असर, पशुचौयायको प्रजननमा परेको असर, मौसममा भइरहने उतारचढाव, हिमालमा हिउँ नपर्नु लगायत विश्वब्यापी उष्णता कार्बन उत्सर्जन, कार्बन मनोअक्साईडले स्वास्थ्यमा पारेको असर आदिको बारेमा कार्यपालिकाका सदस्य, वडा सदस्यहरुलगायत वन समितिका पदाधिकारीहरु, किसान, उपभोक्ता, टोल विकास समितिका पदाधिकारीहरुलाई समेटेर सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको हो ।

मनहरी गाउपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाको आयोजनामा वडा स्तरीय जलवायू परिवर्तन/प्रभाव न्यूनीकरण कार्यक्रम भएको हो । सचेतनामूलक कार्यक्रम वडा नम्बर ६, ७ र ८ लाई समेटेर पुस ८ गते ७ नम्बर वडामा, वडा नम्बर ३, ४, ५ र ९ लाई समेटेर वडा नं ३ मा पुस ९ गते र वडा नं  १ र २ को वडा नं १ मा पुस ११ गते कार्यक्रम गरिएको हो ।

वन, वातावरण समितिका संयोजक एवम् वडा नम्बर ९ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको सभाध्यक्ष तथा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, वडा नं का वडा नं १ का वडा  अध्यक्ष शिव प्रसाद खनाल, वडा नं ३ का वडा अध्यक्ष अनन्त प्रकाश अर्याल  साथै कार्यपालिकाका सदस्यहरु, वडा सदस्यहरुलगायत वन समितिका पदाधिकारीहरु, किसान, उपभोक्ता, टोल विकास समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

वन, वातावरण शाखाका प्रमुख साथै फोकल पर्सन  अधिकृत ज्ञानेन्द्र ढकालले सहजीकरण गरेको कार्यक्रममा राप्ती वन डिभिजन कार्यालयका वन अधिकृत समुन्द्र खनालले प्रशिक्षण प्रदान गरेका थिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.