हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को निजी स्रोतमा कार्यरत् १३ जना शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइएको छ । दुई शैक्षिकसत्र पुरा गरेका शिक्षक तथा कर्मचारीहरुलाई विद्यालयले सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको हो ।
बुधबार एक औपचारिक कार्यक्रम गरी जिफण्ट केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले कोषमा आबद्ध ६ जना शिक्षक र ७ जना कर्मचारीलाई परिचयपत्र (कार्ड) वितरण गरेका हुन् ।
कोषको लागि विद्यालयले छुट्टै कोष बनाएको र त्यसमा हरेक वर्ष रकम जम्मा गरिने विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले जानकारी दिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष एवम् १० नं. वडा अध्यक्ष फुर्वा दोर्जे लामा, १५ नं. वडा अध्यक्ष सुनिल मोक्तान, लगायत शिक्षक कर्मचारीको सहभागिता रहेको थियो ।















