हेटौँडा । पूर्व–पश्चिम सडहखण्ड अन्तर्गत पर्ने मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे क्षेत्रबाट प्रहरीले लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले लागूऔषध खैरो हेरोइन २ ग्राम १०० मिलिग्रामसहित गएराति तीन जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीको नियन्त्रणमा हुनेहरुमा मनहरी गाउँपालिका–१ बस्ने ३० वर्षीय सानु कान्छा राई, हेटौँडा उपमहानगरपालिका–१२ बस्ने २७ वर्षीय सन्तोष आले मगर र चितवनको राप्ती नगरपालिका–८ बस्ने २८ वर्षीय कर्ण गुरूङ रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, सवारी गाडीमा चेकजाँच गर्दा सानु कान्छा र सन्तोषको साथबाटट ४८० मिलिग्राम तथा कर्ण गुरूङबाट १ दशमलव ६२० ग्राम लागूऔषध बरामद भएपछि निजहरुलाई नियन्त्तणमा लिएको हो ।
प्रहरीको नियन्त्रणमा रहेका उनीहरुमाथि आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।
प्रतिकृया दिनुहोस्















