हेटौंडाका मगर प्रहरीको नियन्त्रणमा

सांकेतिक तस्वीर

हेटौंडा । मकवानपुरको हेटौंडामा प्रहरीले लागूऔषधसहित एक युवकलाई नियन्त्रणमा लिइएको छ। प्रहरीको नियन्त्रणमा हुनेमा हेटौंडा–९ त्रिवेणी बस्ने २२ वर्षीय सुमित थापा मगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, हिजो बिहीबार साँझ १७:१५ बजे, विशेष सूचनाका आधारमा सानोपोखरा क्षेत्रमा निगरानी गरिरहेका प्रहरीले हेटौंडा–५ सानोपोखरा चोक नजिकैबाट शंकास्पद रूपमा देखिएको एक युवकलाई रोकेर जाँचबुझ गरेको थियो।

जाँचका क्रममा मगरको साथबाट २४ पोका खैरो हिरोइन बरामद भएपछि निजलाई पक्राउ गरिएको हो । उक्त परिमाणको लागूऔषध रातो प्लास्टिकमा पोका पारेर सुरक्षित गरिएको अवस्थामा फेला परेको थियो।

साथै, मगरले चलाइरहेको ना २३ प ४३४ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले पक्राउ परेका मगरलाई आवश्यक अनुसन्धान र कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भईरहेको जानकारी गराईएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.