हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका– ४ बस्ने ३६ वर्षीय संजोग पौडेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर प्रहरीका अनुसार, उनलाई हेटौँडा उपमहानगरपालिका वडा नम्वर ९, सिर्जनाटोलबाट मंगलबार बिहान ११ः४५ बजे विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीले पौडेलको साथबाट १ ग्राम ८० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । प्रतिबन्धित लागूऔषधसहित नियन्त्रणमा लिएको उनीविरुद्ध लागूऔषधसम्बन्धी मुद्दामा मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस्















