ग्याँस व्यवसायी संघद्वारा विनोदमान श्रेष्ठ सम्मानित

हेटौंडा । मकवानपुर ग्यास व्यवसायी संघद्वारा विनोदमान श्रेष्ठ सम्मानित भएका छन् । सोमबार हेटौंडामा सम्पन्न संघको १३औं साधारणसभाले श्रेष्ठलाई ग्यास व्यवसायीको क्षेत्रमा योगदानका पुर्‍याएको भन्दै सम्मान गरेको हो ।

चतुरबहादुर तामाङ (नवीन) को अध्यक्षतामा सम्पन्न साधारणसभामा ग्याँस विक्रेता महासंघका केन्द्रीय सल्लाहकार दिलिश गोविन्द जोशीको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारणसभामा संघका कोषाध्यक्ष कृष्ण ढुङ्गानाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव सुदर्शन पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए । साधारणसभा मार्फत संघले ग्यास वितरण व्यवस्थालाई सुदृढ बनाउने प्रतिबद्धता समेत जनाएका छन् ।

कार्यक्रममा साहारा ग्याँसका खड्कबहादुर थापा, नेपाल ग्याँसका जिवन छत्कुली, ग्याँस वानका प्रबन्धक सरोज राज ढकाललगायतको ग्यास व्यवसायीहरुको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.