मकवानपुर । हेटौँडामा चोरीको प्रयास गर्ने क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको बागमती गाउँपालिका–८ साततल्ले बस्ने ३९ वर्षीय दिल बहादुर स्याङतान रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीका अनुसार, हिजो साँझ करिब ८ः२० बजेको समयमा हेटौँडा उपमहानगरपालिका–६ भुलभुले बस्ने अर्जुन कुमार श्रेष्ठको घरमा कोही नभएको अवस्थामा चोरीको प्रयास भएको थियो ।
सोही समयमा स्याङ्तान घरको ढोकाको लक तोडी भित्र पस्दै चोरी गर्दै गरेको अवस्थामा स्थानीयको सहयोगमा प्रहरी चौकी चौघडाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका उनलाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट चोरी तथा डाँका कसुरमा म्याद अनुमती लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्















