मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैसेस्थित चेकपोस्टमा प्रहरीले बिल–विजकमा उल्लेखित सामानभन्दा फरक सामान लोड गरिएको एक ट्रक नियन्त्रणमा लिएको छ।
आइतबार राति/विहान करिब १:३० बजे प्रहरी चौकी भैसेबाट खटिएको टोलीले नियमित चेकजाँचको क्रममा बिरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ३०८२ नम्बरको ट्रकमा रु. २५,००,००० (पच्चिस लाख) बराबरको बिल–विजकभन्दा फरक सामान रहेको वस्तुस्थितिबाट शंका लागि ट्रक रोक्ने कार्य गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
ट्रक चालक पर्सा, वीरगंज महानगरपालिका–१६ नगवाका ४५ वर्षीय विजय साहलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ। उक्त ट्रक तथा चालकलाई आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारामा पठाइएको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्















