हेटौंडाबाट लागुऔषधसहित पाँच जना पक्राउ

मकवानपुर । हेटौंडाबाट प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।

आज बिहान करिब १०:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–५ सानो पोखरामा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा अपरेसन सञ्चालन गरेको थियो।

प्रहरी टोलीले घटनास्थलमा बसिरहेका पाँच जना युवकलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा ८,३०० पिस ट्रामाडोल क्याप्सुल फेला परेको जनाएको छ।

पक्राउ पर्नेहरूमा मकवानपुरको बकैया गाउँपालिका–१२ का वर्ष १९ का अशोक स्याङतान, हेटौंडा–१७ का वर्ष २०  का प्रवेश बरैली, हेटौंडा–४ का वर्ष २० का निशान कोईराला, हेटौंडा–१७ का वर्ष ३५ राजिब लामा उर्फ बक्सर र मकवानपुरगढी गाउँपालिका–२ का वर्ष  २३ का दिपेश संजेल रहेका छन्।

प्रहरीले पक्राउ परेकाले बिक्री-वितरणको उद्देश्यले खाली जग्गामा लुकाइराखेको अवस्थामा लागुऔषध ट्रामाडोल क्याप्सुल फेला परेको जनाएको छ। साथै, ना.३२ प ३२४४ र बा.प्रदेश ००५ प १८५ नम्बरका दुईवटा मोटरसाइकल पनि बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, पक्राउ परेकाहरूमाथि लागुऔषधसम्बन्धी कसुरमा जिल्ला अदालत मकवानपुरबाट म्याद अनुमति लिएर थप अनुसन्धान कार्य भइरहेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.