चोरीको मोटरसाइकलसहित मकवानपुरका लामा पक्राउ

काठमाडौं । चोरी मोटरसाइकलसहित मकवानपुरका सरोज लामालाई प्रहरीले पक्राउ गरेको छ । ३२ वर्षीय लामालाई काठमाडौँ महानगरपालिका–४ स्थित हिमाल डेन्टल हस्पिटल अगाडिबाट पक्राउ गरिएको हो ।

लामासँगै मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरी अर्का एक जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङका १९ वर्षीय हरि मगर रहेका छन् । उनीहरू हाल काठमाडौँको कपन क्षेत्रमा बस्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, ट्राफिक प्रहरीले बा ६६ प ५६८३ नम्बरको चोरी भएको मोटरसाइकल प्रयोग गरिरहेको अवस्थामा फेला पारेपछि दुवैलाई नियन्त्रणमा लिएको हो । उक्त मोटरसाइकल अविनाश पुजारीको थियो, जसले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका ११, लसुनटारबाट हराएको भन्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए ।

नियन्त्रणमा आएका दुवै जनालाई थप अनुसन्धानको लागि प्रहरी वृत्त बौद्ध पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.