मकवानपुर । हरिबोधनी एकादशीकोे अवसरमा लागिने त्रिखण्डी मेला यस वर्ष कात्तिक १५ गते शनिबार लाग्ने भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर १, भैंसेस्थित प्रसिद्ध आस्थावान् धार्मिकस्थल त्रिखण्डी मन्दिरमा मौलिक परम्परा रीतिरिवाज अनुसारको मेला लाग्ने भएको हो ।
सो दिन मन्दिर परिसर क्षेत्रमा माछा मासु र मध्यपानलाई विगत देखिनै पुर्णरुपमा बन्देज लगाईएको मन्दिरका सेवक तथा आयोजक समितिका सदस्य लक्ष्मण दाहालले जानकारी दिए । उनका अनुसार, मेलाको लागि मन्दिर परिसरको सरसफाई कार्य गरिएको छ । खोला पारिको मन्दिरमा जानका लागि अस्थाई पुलको निर्माण कार्य भईरहेको छ ।
सोही दिनमा सबै सवारी साधानहरुलाई रातोमाटेमा पार्किङको ब्यवस्था मिलाईएको सेवक दाहालले जानकारी गराए । साथै हरिबोधनी ठूलो एकादशीका दिन पर्ने मेलामा सो मन्दिर परिसरमा हजारौं भक्तजन र ब्रतालुको भिडलाग्ने हुँदा सो दिन नेपाल प्रहरी र ट्राफिक व्यवस्थापन प्रति अपरिहार्य हुँदा समन्वय गरी सहयोगको लागि अपिल गरिने उनले बताए ।
एकादशीमा धार्मिक सहिष्णुता, मौलिक धर्मको परिचय, पहिचान शिव मन्दिरपरिसरमा ठूलो एकादशीको मेला हुने हुँदा पुण्य पवित्रको दिन जात्रा मेला लाग्दै आएको छ । हिन्दुहरुको पवित्र दिन हरिबोधनी एकादशीमा पवित्र भएर कन्दमुल र फलाहार गर्ने प्रचलन छ । सो दिन सो क्षेत्रमा शान्ति सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले समन्व सहकार्य गर्दौ आएको छ ।
त्रिखण्डी मेला संचालन तथा व्यवस्थापन उपभोक्ता समिति तयारीको लागि गठन गरिएको समितिमा अध्यक्ष युगेन तामाङ, सचिव अस्मिता गोले, कोषाध्यक्ष सोनाम छिरिङ्ग भोम्जन, सदस्यहरु लक्षमण दाहाल, नारायण स्याङतान, राधिका रोग्मी मगर, सुजता रुचाल मगर, समंयोजक रमेश कुमार थिङ लागायत रहेको समितिका सदस्य लक्ष्मण दाहालले जानकारी गराए ।















