हेटौँडा । राष्ट्रिय भूमी अधिकार मञ्च मकवानपुरको अध्यक्षमा देवकृष्ण थोकर चयन भएका छन् । हेटौँडाको सिमलटारमा भएको भेलाले थोकरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्माण गरिएको हो ।
समितिको उपाध्यक्षमा सुर्यबहादुर सापकोटा, सचिवमा सोमलाल गोले, सह–सचिवमा लक्ष्मण निरौला, कोषाध्यक्षमा ठुलीमाया मुक्तान चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा क्रमशः सरिता पराजुली, भुमलसिङ घलान, कमल थिङ, बुद्धराज गिरी, विकास तितुङ्ग, सुश्मा भोलन, रुक्मणी तिमल्सिना र सारदा शर्मा चयन भएका छन् ।
जिल्लाका कार्यबाहक अध्यक्ष जयबहादुर वाइबाको सभाध्यक्षतामा भएको भेलामा मन्चका केन्द्रिय सदस्य यज्ञबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रतिकृया दिनुहोस्















