मकवानपुर । आफ्नो जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै मकवानपुरको मनहरीको ग्रामीण गाउँ पुगे संचारकर्मी सन्देश थिङ । सहरबाट केही परा ग्रामीण गाउँमा जन्मदिनको उपहार बन्यो ९६ वर्षीय छोटीमाया स्याङ्तान आमाको खुसी । आमा शरीर मात्रै कम्जोर होइन आँखा र कान समेत देख्दैन र सुन्दैन पनि । उनका छोरा बुहारी कोहि छैनन् उनी आफ्नो नातिको सहारामा नै जीवन बिताइरहेका छन। अशक्त वृद्धा र विद्यार्थीहरुलाई सञ्चारकर्मी सन्देश थिङले खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरेका छन् ।
थिङले भने- खुसी खोज्न कहिँ जानुपर्दैन अरुको जिबन छुन सक्नुपर्छ खुसी त्यही हो । सहयोग प्रदान गर्दै थिङ्गले थपे, “वृद्ध आमाको दैनिकी सहज होस् भन्ने सोचले खाद्यान्न तथा सरसफाईका सामग्री उपलब्ध गराइएको हो ।यस्मा निकै आनन्द महसुस हुन्छ।”
सोमबार थिङ्ले मनहरी गाउँपालिका–२ निवासी ९६ वर्षीया छोरीमाया स्याङ्गतानलाई खाद्यान्न र सरसफाई सामग्री हस्तान्तरण गरेका हुन् । उच्च उमेरका कारण अशक्त जीवन बिताइरहेकी वृद्धा स्याङ्गतान आफ्ना नाति बुद्धिमान स्याङ्गतानको स्याहारमा बस्दै आएकी छिन् ।
आर्थिक अवस्था कमजोर भएकाले दैनिक जीवनयापनमा समेत कठिनाई खेपिरहेका उनीहरूलाई प्रदान गरिएको सहयोगले थप राहत मिल्ने स्थानीयले बताएका छन् ।
यसैगरी, थिङ्गले सोही दिन भुन्द्रुङस्थित टुयाङ्गकी दमार प्रारम्भिक बाल विकास केन्द्रमा अध्ययनरत बालबालिकालाई पनि शैक्षिक सामग्री वितरण गरे । उक्त केन्द्रमा हाल १८ जना विद्यार्थी अध्ययनरत छन् , जसमा १० जना प्रारम्भिक बाल विकास कक्षामा र ८ जना कक्षा–१ मा अध्ययनरत रहेका छन् । उक्त सहयोगले विद्यार्थीलाई अध्ययन गर्न थप सहजता पुग्ने थिङ्ले बताए ।

















