देशैभरि भ्रष्टाचारविरुद्ध जेन जि प्रदर्शन, हेटौंडामा पनि जुट्दै युवा

हेटौंडा । देशका विभिन्न शहरमा सोमबार (भोलि) नयाँ पुस्ता (Gen Z) नेतृत्वमा भ्रष्टाचारविरुद्ध प्रदर्शन हुने भएको छ। मकवानपुरको हेटौंडामा पनि नगरपालिका रोडदेखि बुद्ध चोक परिसरसम्म विहान १० बजेदेखि सुरु हुनेगरि प्रदर्शनको तयारी भइरहेको आयोजकले जानकारी दिएको छ ।

आयोजकका अनुसार प्रदर्शनमा विद्यार्थी र नयाँ पुस्ताका युवाहरूको ठूलो सहभागिता रहनेछ। भ्रष्टाचार, असमानता र प्रशासनिक दुरुपयोगविरुद्ध जनचेतना फैलाउने उद्देश्यले शान्तिपूर्ण ढंगले प्रदर्शन आयोजना गरिएको बताइएको छ ।

विशाल सहभागिताको संभावना देखिँदा प्रदर्शनको शान्ति–सुरक्षा सुनिश्चित गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन औपचारिक अनुरोध गरिएको छ।

देशैभरि हुने यस आन्दोलनले भ्रष्टाचार विरुद्धको आवाज उच्च बनाउने र सरकारी निकायमा जवाफदेहीपनाको माग बलियो गर्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.