हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर ५ बस्ने ३२ वर्षीय समिर महत रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, हिजो भदौ १५ गते हेटौँडा उपमहानगरपालिका–७ मिलनचोकस्थित सडकमा शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई शंका लागि चेकजाँच गर्दा लागूऔषध ट्रामाडोल १० क्याप्सुल र खैरो हेरोइन ४ ग्राम ९६० मिलिग्राम फेला परेपछि निजलाई पक्राउ गरिएको हो ।
बरामद गरिएको लागूऔषधसहित महतलाई नियन्त्रणमा लिएर जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी लागूऔषध कसुरमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
प्रतिकृया दिनुहोस्















