तीज सुरु: आज दर खाने दिन

हेटौँडा  । नेपाली हिन्दू नारीहरुको महान् पर्व हरितालिका तीज आजदेखि सुरु भएको छ । तीजको अघिल्लो दिन दर खाने परम्परा अनुसार आज महिलाहरु आफ्ना माइत वा आफन्तजनहरुसँग भेला भई विभिन्न परिकारहरू खाने, गीत गाउँदै रमाउने र नाचगान गर्ने गर्दछन् ।

तीज पर्वमा महिलाहरूले शिवपार्वतीको पूजा आराधना गरी दीर्घायु, परिवारको स्वास्थ्य र समृद्धिका लागि व्रत बस्ने प्रथा छ । दर खाएको भोलिपल्ट अर्थात् भदौ १० गते तीजको मुख्य दिन महिलाहरूले निराहार व्रत बसेर भगवान् शिवलाई पूजाआजा गर्ने गर्छन् ।

तीजको अन्तिम दिन ‘ऋषि पंचमी’ पर्वमा तील, दुध, दही, गाईको गोबरलगायतका सामग्री प्रयोग गरी स्नान शुद्धीकरण गर्ने र ऋषिहरूको पूजा गर्ने परम्परा छ ।

दर खाने दिनले तीजको रमाइलोपनलाई अझ बढाउने भएकाले आजका दिन परिवार र आफन्तजनबीच भेटघाट, मिठा परिकार र सांगीतिक वातावरणले माहोल उत्साहपूर्ण बन्ने गरेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.