भिमफेदीमा ढुङ्गासहित रुख खस्दा त्रिभुवन राजपथ अवरुद्ध

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडा स्थित त्रिभुवन राजपथ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

गएराति माथिबाट ढुङ्गासहित रुखहरु खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

अवरुद्ध सम्बन्धी खबर प्राप्त हुनासाथ प्रहरी चौकी भैसेबाट टोली खटिएको र सडक विभागसँग समन्वय गरी बाटो खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अवरुद्ध स्थान प्रहरी चौकी भैसेबाट करिब २२ किलोमिटर पश्चिम–उत्तरतर्फ पर्छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.