ब्रेन ट्युमर पीडित मुक्तानलाई आर्थिक सहयोग

हेटौंडा । राक्सिराङ्ग गाउँपालिका–४ दुङ्गुखोला निवासी ब्रेन ट्युमर पीडित चिनिमाया मुक्तानलाई आर्थिक सहयोग स्वरूप २० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ।

नेपाली कांग्रेस राक्सिराङ–४ वडा समितिको सहजीकरणमा संकलित उक्त सहयोग रकम बुधबार मुक्तानको घरमै पुगेर वडा समिति टोलीले हस्तान्तरण गरेको हो। लामो समयदेखि ब्रेन ट्युमरका कारण थलिएकी मुक्तानले उक्त सहयोग पाएपछि आफू निकै खुशी लागेको प्रतिक्रिया दिएकी छिन्।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस राक्सिराङ–४ का वडा सभापति विकास ब्लोन, अनिल मोक्तान, बुद्धिलाल वाइबा, जितन प्रजा, अशोक घलान, टीकाराम थिङ, सिहराम मोक्तानलगायतको उपस्थिति रहेको थियो।

वडा सभापति विकास ब्लोनले यस प्रकारका सहयोग कार्यले सामाजिक एकता र सहानुभूतिको भावना थप बलियो हुने बताए। साथै उनले मुक्तानको थप उपचारका लागि सबै पक्षबाट सहयोग अपेक्षा गरिएको पनि जनाए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.