हेटौंडा । मकवानपुरका लोकदोहोरी तथा सेलो गायक बिरु घलान र चर्चित गायिका सुमिना लोको आवाजमा रहेको तामाङ सेलो गीत ‘माया प्रीति’ सार्वजनिक भएको छ। गीत सार्वजनिक भएको केही घण्टामै दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
साम्तेन मोक्तानको शब्द, संगीत तथा प्रस्तुति रहेको गीत साम्तेन मोक्तान युट्युब च्यानलमार्फत मंगलबार दिउँसो ४ बजे सार्वजनिक गरिएको हो। गीतको एरेञ्ज तथा मिक्सिङ्ग सानुबाबु घिसिङले गरेका हुन्।
भिडियोमा आशिष लामा र सञ्जना गुरुङको जोडी देख्न सकिन्छ भने निर्देशन तथा कोरियोग्राफी लाक्पा दोर्जे तामाङले गरेका छन्। छायांकन दुर्गा श्रेष्ठ, सम्पादन अनिशा नानु र रङ संयोजन अनिल बिष्ट प्यूठानले गरेका हुन्।
गीत निर्माणमा माया घलान, राजकुमार आले मगर, अश्मिता लोप्चन, सुजन घलान, दिपा दोङ, रेकी श्रेष्ठ, कविराज घिसिङ, विशाल आले मगर, अमर तामाङ र चण्डिका घलानको विशेष सहयोग रहेको बताइएको छ।
सार्वजनिक भइसकेको केही घण्टामै करिब ८ हजार बढीले युट्युबमा हेरेको गीतले दर्शक–श्रोताबाट राम्रो साथ पाइरहेको गायक घलानले बताएका छन्। उनी भन्छन्, “यसअघि ‘तामाङको छोरो’, ‘चोखो माया’, ‘सल्लाहले मान्छौ कि’ जस्ता गीतबाट पाएको माया र उत्साहले ‘माया प्रीति’ ल्याउन हौसला मिल्यो।”
https://www.youtube.com/watch?si=QxVgI9CV16UgRv16&v=sGKTnWpQV9g&feature=youtu.be
















