विधान विपरीत प्रचारप्रति महामन्त्री श्रेष्ठको आपत्ति, पत्र बदर गर्न माग

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले पार्टीको आन्तरिक प्रक्रिया र विधान मिचेर व्यक्तिगत रूपमा पठाइएको पत्रप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले सोमबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सभापति शेरबहादुर देउवालाई पत्र बुझाउँदै सो पत्र बदर गर्न माग गरेका हुन्।

श्रेष्ठले बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा तामाङविरुद्ध परेको अविश्वास प्रस्तावबारे दलको विधानको धारा १८ (७) को प्रक्रियालाई उल्लेख गर्दै, उक्त प्रस्ताव सम्बन्धी सूचना प्रदेश समितिको बैठक बसेर मात्रै केन्द्रीय समितिमा पठाइनुपर्ने स्पष्ट पारेका छन्।

तर सो प्रक्रिया नअपनाई, न त प्रदेश समितिको बैठक बसेको, न त महामन्त्रीकै हैसियतमा रहेका आफूलाई सामान्य जानकारी दिइएको अवस्थामा अर्का महामन्त्रीले व्यक्तिगत रूपमा पत्र पठाएको भन्दै उनले आपत्ति जनाएका हुन्।

पत्रमा श्रेष्ठले लेखेका छन्, “विधानविपरीत ढंगले सूचना पठाइएको हुँदा मेरो गम्भीर आपत्ति छ। उक्त पत्र बदर गरी विधानअनुसार संस्थागत निर्णयमार्फत मात्र केन्द्रीय समितिमा जानकारी पठाइनुपर्छ।”

श्रेष्ठले यस्ता कार्यले पार्टीभित्र अनुशासन र प्रक्रियागत शुद्धता कमजोर पार्ने भएकाले केन्द्रीय नेतृत्वले गम्भीरता साथ यो विषयमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.