युवा संघ मकवानपुरद्वारा कर्णावती छ्योदेन गुम्बा परिसरमा वृक्षरोपण

मकवानपुर । राष्ट्रिय युवा संघ नेपाल मकवानपुरद्वारा हेटाँैडा–९ को कर्णावती छ्योदेन गुम्बा परिसरमा वृक्षरोपण गरिएको छ । युवा संघको एक महिने वृक्षरोपण अभियान अन्तर्गत आज मकवानपुर जिल्ला कमिटीको आयोजनामा वृक्षरोपण गरिएको हो ।

गुम्बा परिसरमा खाली रहेको जमिनमा कागती, अम्बा, लिच्ची, जामुन, तेजपत्ता लगायत फलफुल बिरुवा रोपिएको कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल मकवानपुरका अध्यक्ष राजेश नगरकोटीको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा पूर्वमन्त्री एवम् प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, एमाले जिल्ला कमिटी उपाध्यक्ष हिदम लामा, सचिव सीता बिष्ट, उपसचिव आरती पाठक र फूर्वा दोर्जे लामा, युवा संघका केन्द्रीय कमिटी सदस्य एवम् मकवानपुर इन्चार्ज प्रतिमा श्रेष्ठ केन्द्रीय सदस्य सागर पाण्डे, हेटौँडा–९ का वडाअध्यक्ष सुकराम केसी, १५ नम्बर वडा अध्यक्ष सुनिल मोक्तान लगायत विभिन्न संघसंस्थाका पदाधिकारी तथा युवाहरूको सहभागिता रहेको थियो ।

राष्ट्रिय युवा संघ नेपालले ‘हरियाली हाम्रो पहिचान, वृक्षरोपण हाम्रो अभियान’ भन्ने नारासहित असार १४ गतेदेखि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । उक्त अभियान यही साउन १४ गते सकिनेछ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.