हेटौंडा । बागमती प्रदेशका चार मन्त्रीले राजिनामा दिएका छन् । आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति देखिएको असन्तुष्टिपछि नेपाली कांग्रेसका चार मन्त्रीले सामूहिक रूपमा पदबाट राजीनामा दिएका हुन्।
राजीनामा दिनेमा युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ रहेका छन्।
उनीहरूले मुख्यमन्त्री बहादुर सिंह लामा र अर्थमन्त्री कुन्दनराज काफ्लेले बजेट वितरणमा पक्षपात र क्षेत्रीय विभेद गरेको आरोप लगाएका छन्।
पूर्वमन्त्री महर्जनले वर्तमान सरकारलाई असफल भन्दै मुख्यमन्त्री लामा विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको जानकारी दिएका छन्। उनका अनुसार नेपाली कांग्रेसका ३७ मध्ये २१ जना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरिसकेका छन्।

















