मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक संचालनमा ल्याएको छ । पहिरो खसेर अवरुद्ध बनेको उक्त सडकखण्ड सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार, कान्तिलोपथस्थित ठिंगन–वगुवा खण्ड अन्तर्गत गङ्गटेमा पहिरो खस्दा आज बिहानदेखि सडक बन्द रहेको थियो । डोजर लगाएर पहिरो पन्छाएपछि दिउँसोदेखि सडक सञ्चालनमा ल्याइएको हो ।
पहिरो खसेर बाटो अवरुद्ध भएपछि हेटौँडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौँडा आउने सयौँ सवारी साधन ठिंगन र वगुवामा रोकिएका थिए ।
प्रतिकृया दिनुहोस्

















