लुम्बिनी प्रदेशले प्रस्तुत गर्यो ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट योजना सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेशसभाको छैटौँ अधिवेशनमा प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेका हुन् ।

चालु खर्चतर्फ १२ अर्ब रुपैयाँभन्दा माथि र पुँजीगत खर्चतर्फ करिब २३ अर्ब रुपैयाँ विनियोजन गरी समग्र बजेट तयार पारिएको हो । उक्त बजेटमा वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड रुपैयाँ अनुमान गरिएको छ।

प्रदेश सरकारले समृद्ध लुम्बिनी प्रदेश र खुशीयाली जनताको दीर्घकालीन विकासका लागि गरिबी न्यूनीकरण, आर्थिक असमानता घटाउने तथा दिगो विकासका लक्ष्यलाई प्रमुख प्राथमिकता दिएको जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.