मकवानपुर । अत्यधिक गर्मीका कारण मकवानपुरको मनहरी गाउँपालिकाभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा १० दिनसम्म विहानी कक्षा सञ्चालन हुने भएको छ। पालिकाले एक सूचना प्रकाशित गर्दै मौसम प्रतिकूल भएर पठनपाठनमा असर परेकाले यस्तो निर्णय गरिएको जनाएको छ।
गर्मीका कारण बालबालिकालाई विद्यालयमा पढ्न असजिलो भइरहेको र जनस्वास्थ्यमा समेत असर पर्ने देखिएको पालिकाको भनाइ छ। त्यसैले व्यवस्थापन समिति तथा सम्बन्धित वडा कार्यालयको समन्वयमा विद्यालयहरूले आ–आफ्नो कार्यतालिका तय गरी विहानी कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।
पालिकाले अधिकतम १० दिनसम्म मात्र विहानी कक्षा सञ्चालन गर्न भनिएको छ। यदि मौसम अनुकूल भयो भने विद्यालयहरू पूर्ववत समयअनुसार नै सञ्चालन गर्न सकिने पनि सूचनामा उल्लेख गरिएको छ।
प्रतिकृया दिनुहोस्
















