हेटौँडा । मकवानपुरको भीमफेदीका जेष्ठ नागरिकलाई मंगलबार सम्मानसहित झुल वितरण गरिएको छ ।
भीमफेदी गाउँपालिका वडा नम्वर ६ मा रहेको ७५ वर्ष माथि उमेर समूहका अन्दाजी ७० जना वृद्धवृद्धालाई सम्मानसहित एक–एक थान झुल दिइएको हो ।
भीमफेदी गाँउपालिका वडा नं. ६ का कार्यबाहक अध्यक्ष बुद्धि बहादुर लामा (कुमार) को सभाध्यक्षता एवम् पालिका उपाध्यक्ष संजिव श्रेष्ठको प्रमुख आतिथ्यतामा उपहार स्वरुप उक्त झुल वितरण गरिएको हो ।
कार्यक्रममा गाँउ कार्य पालिका सदस्य, जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्

















