हेटौँडा र काठमाडौँ जोड्ने कान्तिलोकपथ चार दिन बन्द हुने

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकखण्डमा चार दिन बन्द हुने भएको छ ।

ललितपुर र मकवानपुरको सीमानामा बागमती खोलामा बेलीब्रिज निर्माण गर्नुपर्ने भएकोले बुधबारदेखि ४ दिनका लागि कान्तिलोकपथ बन्द रहने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

प्रशासनले सोमबार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । सो अवधिमा हेटौँडाबाट काठमाडौँतर्फ जाने र काठमाडौँबाट हेटौँडातर्फ आउने सवारी साधनहरूले अन्य वैकल्पिक मार्ग त्रिभुवन राजपथ वा कुलेखानी–सिस्नेरी फर्पिङ सडक) को प्रयोग गर्नसमेत आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.