प्राविधिक शिक्षामा प्राथमिकता दिँदै भुटनदेवी मावि

हेटौँडा । भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) ले सञ्चालन गरेको एक महिने उद्यमशीलता तालिम समापन गरिएको छ । समापन कार्यक्रम विद्ययालय व्यवस्थापन समितिका सदस्य नारायण तिमल्सिनाको अध्यक्षता एवम् हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा प्रमुख आतिथ्यतामा भएको हो ।

सो क्रममा बोल्दै प्रमुख अतिथि लामाले विद्यार्थीको लागि प्राथामिक अध्ययन हो भने साथमा सीप पनि आवश्यक रहेको बताइन् । उनले विद्यालयले सीपमूलक तालिम सञ्चालन गरेर निकै महत्वपूर्ण कार्य गरेको र हेटौँडाको अग्रिणी विध्यालय भुटनदेवी माविमा यस्तो सृजनात्मक र सीपमूलक कार्य गरेर शिक्षाको दायरालाई फराकिलो बनाएको बताइन् ।

यस्तै, कार्यक्रममा बोल्दै वडा नम्वर ४ का वडाध्यक्ष एवम् विद्यालयका अध्यक्ष नवीन सिग्देलले भुटनदेवी माध्यमिक विद्यालय आफैमा प्राविधिक शिक्षालय भएकोले औपचारिक शिक्षाका साथै विद्यार्थीको शारिरीक र मानसिक चौतर्फी विकासमा विद्यालयले विभिन्न सीपमूलक र अतिरिक्त क्रियाकलापमा पनि प्राथमिकता दिएको बताए ।

उनले शिक्षामा सुधार गर्ने हो भने प्राविधिक र सीपमूलक शिक्षामा सबै तहको सरकार र विध्यालय लगानी गर्नुपर्ने बताउँदै यस्तो कार्यक्रमको निरन्तरता दिने जानकारी दिए ।

कार्यक्रममा विद्यायालयका प्रधानाध्यापक माधवप्रसाद दाहालले ईलेक्टिकल २० जना, ब्यूटी पार्लर २० जना र कपाल काट्ने २० जना १ महिने तालिम ६० जनालाई प्रदान गरिएको र विद्यालयको आन्तरिक श्रोतबाट बजेट व्यवस्थापन सीपमूलक तालिम सञ्चालन गरिएको बताए ।

तालिममा सहभागी विद्यार्थी प्रशिक्षकले तालिम अत्यन्तै प्रभावकारी र उपयोगी रहेको बताए । उनीहरूले यस्तो कार्यक्रमलाई विद्यालय र सरकारले प्राथमिकताका साथ सञ्चालन गर्नुपर्नमा जोड दिएका थिए ।

कार्यक्रममा प्रशिक्षार्थी र प्रशिक्षकलाई प्रमाणपत्र वितरण गरिएको थियो ।कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, विद्यालय व्यवस्थापन समिति सदस्य राजेन्द्रकुमार बस्ताकोटी, सह–प्रधानाध्यापक भरत पोखरेल, शिक्षक प्रतिनिधि सूर्यप्रसाद घिमिरे, मावि संयोजक संगीता उप्रेती, प्रावि संयोजक मुकुन्द न्यौपाने, प्रशिक्षकहरू ज्ञानेन्द्र देवकोटा (ईलेक्टिक), किरण अधिकारी (हेयर कटिङ्ग) र सकुन्तला बानियाँ (ब्यूटिपार्लर) लगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.