हेटौंडा । हेटौंडा अटोमोबाइल्सको ३० औं स्थापना दिवसको अवसरमा शुक्रबार हेटौंडा ९ मा रहेको त्रिवेणी आधारभूत विद्यालयका विद्यार्थीलाई स्कुल झोला सहयोग गरिएको छ ।
कार्यक्रम संयोजक सुजन उप्रेतीको संयोजकत्वमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष, निवर्तमान पदाधिकारी, सल्लाहकार, क्षेत्रीय संयोजक, कार्यसमितिलगायतको उपस्थिति थियो ।
स्थापना दिवसको अवसरमा बालबालिकाको पढाईमा सहयोग पुर्याउने उद्येश्यसहित एकसय थान झोला वितरण गरिएको कार्यक्रम संयोजक उप्रेतीले बताए ।
प्रतिकृया दिनुहोस्

















