हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमानास्थित गैरीगाउँको भित्री सडकखण्डमा डुबेको गाडी अझै भेटिएको छैन । पाँच दिन बितिसक्दा पनि उक्त गाडी हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, घटनाको अध्ययनका लागि आएको खानी तथा भूगर्भ विभागको टोलीले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी आज काठमाडौं फर्किएको छ ।
मंगलबार हेटौंडा आइपुगेको उक्त टोलीले घटनास्थलको माटोको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्रको परीक्षण गरेको थियो । तर, उक्त गाडीे बारे नभएटिएको हो ।
टोलीले संकलन गरेका तथ्य र नमुनाको प्रयोशाला परीक्षणपछि मात्र दोस्रो चरणको अध्ययन हुने जानकारी दिइएको छ । ना ४ च ४८३३ नम्बरको सिंगल क्याब बोलेरो गाडी जमिनमुखी भासिएको थियोे ।
प्रतिकृया दिनुहोस्

















