मकवानपुरे कलाकार बिरु घलानको ‘तामाङको छोरो’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

मकवानपुर । मकवानपुरका गायक तथा नायक बिरु घलानको ‘तामाङको छोरो’ बोलको गीतका सार्वजनिक भएको छ । उक्त गीत सोमबार अपराह्न ४ बजे ‘साम्तेन मोक्तान अफिसियल’ युट्युब च्यानलमार्फत् भिडियोसहित सार्वजनिक गरिएको हो ।

मकवानपुरे कलाकार घलान र चर्चित गायिका सुमिना लोको स्वरमा रहेको गीतको एरेन्ज सानुबाबु घिसिङले गरेका हुन् । साम्तेन मोक्तानको शब्द र संगीतमा रहेको गीत फ्याफुल्ला स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

उक्त गीत यस सचामार प्रकाश हुने समयसम्म २८ हजार ४ सय ९८ जनाले हेरेका छन् । राम्रो शब्द र संगीतसहित गायिका सुमिनासँगको संयुक्त आवाजमा रहेको यस गीतले राम्रो माया पाउनेमा आफु विश्वस्त रहेको घलानले बताए ।

यस्तै, गीत तयार पार्न महत्वपुर्ण भूमिका रहेको भन्दै आफ्ना सहकर्मी सञ्जय लोप्चन, खिलबहादुर स्याङ्बो, कृष्ण थिङ, माया घलान, राजकुमार आले मगर, मातृक काफ्ले, बुद्ध बल विकास घलान, अर्जुन लामा, मनोज घिसिङ, गौरीमाया लामा, गजेन्द्र नारायण माधव, निर्माण लामा, केशर सिंह मोक्तान र आयुष लामा लगायतलाई घलानले सम्झिए ।

घलानको यसअघि पनि तामाङ सेलोलगायत विभिन्न गीत सार्वजनिक भइसकेको छ ।

हेर्नुहोस् भिडियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.