मकवानपुर । गत चैत्र २९ गतेदेखि प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘पिताम्बर’ को टिम प्रचारप्रसारका लागि हेटौंडा आएको छ । निर्माता, निर्देशक, प्रमुख कलाकारहरूसहितको टिम आइतबार हेटौंडा आइपुगेको हो ।
सो अवसरमा चलचित्र पत्रकार संघ मकवानपुरले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा बोल्दै निर्माण टिमले चलचित्र हेर्न आमदर्शक समक्ष आग्रह गरेका थिए । टोलीले चलचित्रको कथावस्तु र यसको पक्षहरूबारेमा जानकारी गराएका थिए ।
चलचित्रकी निर्देशक कृषा चौंलागाईँले फिल्मले दर्शकलाई रिफ्रेस हुने अवसर दिने दाबी गरिन् । चलचित्रको मुख्य उद्देश्य मनोरन्जन भएको उल्लेख गर्दै निर्देशक चौंलागाईले पिताम्बर दर्शकलाई भरपुर मनोरन्जन दिने चलचित्रको रुपमा आफूले ल्याएको बताइन् ।
पत्रकार सम्मेलन चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएको पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले चलचित्रको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

















