हेटौंडा । नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रिय सदस्य पदमा मकवानपुरका बुद्ध राज लामा सिन्तान मनोनीत भएका छन् । उनलाई आइतबार संघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले सो पदमा मनोनीत गरेका हुन् ।
उनलाई नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संशोधन २०७५ बमोजिम मनोनयत गरिएको संघले जनाएको छ । संघको विधि विधान र मर्यादा भित्र रहेर संघलाई गतिशील बनाउन उनको भुमिका रहने संघले विश्वास लिइएको छ ।

प्रतिकृया दिनुहोस्

















