कैलाशका कृषक समूहलाई मकैवाली प्रर्वद्धनका लागि वीउसहित हाते ट्याक्टर

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाका कृषक समूहलाई मकैवाली प्रर्वद्धनका लागि विउसहित हाते ट्याक्टर विवरण गरिएको छ । गाउँपालिकाले तय गरेको मकैवाली प्रर्वद्धन कार्यक्रम अन्तर्गत बिहीबार चार थान हाते ट्याक्टर र तीस किलो मकैको विउ विवरण गरेको हो ।

उक्त सामग्री गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, उपाध्यक्ष बालकुमार मल्लले संयुक्त रुपमा किसानलाई ट्याक्टर प्रदान गरेका हुन् । कैलाश गाउँपालिका वडा नम्वर ३ को अम्बाटार कृषक समूहले चार थान ट्याक्टर, ३० किलो मकैको वीउ र दुई थान विद्युतीय घट्ट मिल प्राप्त गरेको समूहका अध्यक्ष विश्व विक्रम मल्लले जानकारी दिए ।

चार लाख बजेटमा कृषि तथा पशु विकास शाखाले २ लाख बजेट विनियोजन गरेको र २ लाख रकम कृषकको परेको कृषि शाखाले जनाएको छ । चार वटै ट्याक्टर मिनिटिलर सात एचपी डिजल इन्जिन रहेको छ भने विद्युतीय घट्ट मिल रहेको कृषि तथा पशुविकास शाखाका प्राविधिक सन्दीप कुशहवाले जानकारी दिए ।

हस्तान्तरण कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, कृषि तथा पशु विकास शाखाका प्राविधिक र कृषकहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.