वंशगोपाल सहकारीको आयोजनामा शुभकामना तथा अन्तरक्रिया कार्यक्रम

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८, हर्नामाडीस्थित वंशगोपाल बचत तथा ऋण सहकारी संस्थाले नव वर्ष २०८२ सालको शुभकामना आदनप्रदान तथा सदस्य अभिवृद्धिका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम हर्नामाडीको ठूलोदमारमा आज आयोजना गरिएको हो ।

कार्यक्रममा सदस्यता वृद्धिका विषयमा छलफल गरिएको थियो । सो क्रममा साना किसान कृषि सहकारी संस्था हर्नामाडीका अध्यक्ष रेखा खतिवडाले शेयर सदस्यहरुमा संस्था हाम्रो भन्ने बुझाईमा कमि हुनुले शेयर सदस्य संख्या वृद्धि हुन नसकेको बताइन् । उनले ऋणिहरुले हरेक महिना ब्याज र तीन–तीन महिनामा किस्ता बुझाउन सके संस्था नाफामा जाने उल्लेख गरिन् ।

यसैगरी, सहकारी संस्थाका कोषाध्यक्ष इमान बहादुर थापाले सञ्चालक र शेयर सदस्यबीच एकै नियम गर्नुपर्ने बताए । सहकारीमा ६३ प्रतिशत महिलाहरु रहेको भन्दै उनले नेतृत्व तहमा महिला अगाडि आउनुपर्नेमा जोड दिए ।

यस्तै, ज्योति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामबाबु खतिवडा र ऋण उपसमितिका संयोजक माधव नारायण तुलाधारले सहकारीमा संंख्यात्मक कम भएतापनि गुणात्मक रुपमा वृद्धि गर्न आवश्यक रहेको औल्याएका थिए ।

सहकारी सम्बन्धि विभिन्न समाचारहरु आईरहेका बेला वंशगोपाल जस्तो बेदागी संस्था हाम्रो स्थानमा हुनु गौरबको विषय भएको र शेयर सदस्य वृद्धि गर्न टोल विकाससँग समन्वय गरी कार्यक्रमहरु गर्नुपर्ने उनीहरुले सुझाव दिए । अन्य सहभागीहरुले सहकारी शिक्षासम्वन्धि प्रचारप्रसार, खराब ऋणीहरुको पहिचान गर्नुपर्ने, वृद्ध–वृद्धाहरुबीच छलफल गरी सदस्य वृद्धि गर्नतर्फ सहकारी उन्मुख हुनुपर्ने लगायतका विषयहरु राखेका थिए ।

२०६५ चैत १० गते स्थापना भएको सहकारीमा ११ सय जना शेयर सदस्यहरु रहेका छन् । यसको कार्यक्षेत्र हेटौंडा–१८ का साथै बकैयाको ३,४,५,६ र ७ नं.वडा रहेको छ । यस सहकारी संस्थाले बार्षिक १ करोड बराबरको कारोबार गरिरहेको छ ।

कार्यक्रममा संचालक समितिका सदस्य, लेखा समितिका सदस्य, विभिन्न संघसंस्थाका प्रतिनीधि, महिला उपसमिति संयोजक तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.