मकवानपुर । पूर्व – पश्चिम सडकखण्ड अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–९ खरङ्गामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर–२ संगमटोल बस्ने ५८ वर्षीय जित बहादुर प्रधान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु आर्यालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार, विहान २ः४० बजेको समयमा काठमाडौं जनकपुरतर्फ जाँदै गर्दा आफ्नो गाडी रोकेर शौचालय जानको लागि बाटो काट्ने क्रममा ना ८ ख १८०९ नम्बरको बसले प्रधानलाई ठक्कर दिएको थियो ।
ठक्क्रबाट गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी उपचारको लागि हेटौंडा अस्पताल लगिएको थियो । उनलाई चिकित्सकले मेत घोषणा गरेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
ठक्कर दिने बसका चालक धादिङ सिद्धलेक गाउँपालिका वडा नम्बर–३ बस्ने २६ वर्षीय मोहन थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

















