हेटौंडा । हेटौंडा जेसिजले होली मनाएको छ । बिहिबार जेसीजले होली पर्व २०८१ को अवसरमा हेटौंडा ९ कर्रामा अवस्थित आफ्नै सचिवालयमा शुभकामना आदान प्रदान तथा होली मिलन कार्यक्रम आयोजना गर्दै होलि मनाएको हो ।
कार्यक्रममा सहभागीबीच आपसमा रंग लगाई शुभकामना आदान प्रदान गरिएको महासचिव संजय न्यौपानेले जानकारी दिए ।
जेसीआई हेटौंडा वर्ष २०२५ का प्रमुख बोर्ड सल्लाहाकार सिनेटर कुश रिजाल र नेपाल जेसीज वर्ष २०२५ का राष्ट्रिय महासचवि तथा जेसीआई हेटौंडाका निवर्तमान शाखा अध्यक्ष सिनेटर विकेशलाल श्रेष्ठको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा कार्यक्रममा जेसीआई हेटौंडा पूर्व अध्यक्षहरु, बोर्ड पदाधिकारी एवम् सदस्यहरु, छिमेकी शाखाका अध्यक्षहरु तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम जेसीआई हेटौंडा वर्ष २०२५ अध्यक्ष जेसी पंकज दास बानियाँको सभाध्यक्षतामा सम्पन्न भयो।

















