भूमि समस्या समाधानका लागि अन्तरक्रिया

हेटौंडा । बागमती गाउँपालिकाले आफ्नो पालिकाभित्र रहेको भूमिसम्बन्धी समस्या समाधानका लागि प्रथम चरणको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको अध्यक्षता एवम् भूमि समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष बलराम बलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

नापी भईसकेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित भूमिहिन हरुलाई जग्गा प्रदान गर्नको लागि अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना भएको भूमि समस्या समाधान आयोग मकवानपुरका सदस्य कविन सांगामीले जानकारी दिए । बागमती गाउँपालिकाका ९ वटा वडा मध्ये १ देखि ८ नम्बर वडासम्म नापी भईसकेको र ९ नम्बर वडामा जग्गा नापीको काम भईरहेको छ ।

विगत लामो समयदेखि भूमिहिन भएर बसेका व्यक्तिहरुलाई जग्गा प्राप्तिका लागि आयोगले काम गर्ने भूमि समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष बलराम बलले बताए । कार्यक्रममा बागमती गाउँपालिकाका उपाध्यक्ष फणिन्द्र तिमल्सिना, ३ नम्बर वडा अध्यक्ष कमान सिंह पाख्रिन, ५ नम्बर वडा अध्यक्ष विजय कुमार भोलन, ६ नम्बर वडा अध्यक्ष टेक बहादुर डिमडुङ, ७ नम्बर वडा अध्यक्ष उत्तरबहादुर घलान, ९ नम्बर वडा अध्यक्ष पूर्णराम घलान, भूमि समस्या समाधान आयोग मकवानपुरको विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाई, सदस्य डिलमाया घर्ती, मालपोत कार्यालय मकवानपुरका प्रमुख रघुवंश कडेल, नापी कार्यालय मकवानपुरका प्रमुख खीमबहादुर रानालगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.