काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था एफएटीएफको ग्रे लिस्टबाट हटाउन ठूला नोटमा प्रतिबन्ध लगाउने प्रस्ताव गरेका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा कांग्रेस सांसद केसीले नेपाल ग्रे लिस्टमा परेको विषयमा संसदमा छलफल गर्नुपर्नेसमेत धारणा राखे ।
‘यो संवेदनशील र गम्भीर मामिलामा संसदीय छलफल जरुरी देख्दछु । साथै यस्तो परिस्थिति नदोहरिने प्रतिवद्धताका लागि ५ सय र हजार दलको नोटमा प्रतिबन्ध लगाउनुको साथै राष्ट्रियरअन्तराष्ट्रिय शाख र विश्वसनियता उत्पन्न गराउन चर्चित भ्रष्टाचार काण्डको छानबिनका लागि पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा न्यायिक आयोग गठन गर्नुपर्छ,’ केसीले भने ।
प्रतिकृया दिनुहोस्

















