प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गर्न पत्राचार

काठमाडौँ । गृह मन्त्रालयले दलितमाथि हुने विभिन्न प्रकारका भेदभाव, उत्पीडन, छुवाछुत लगायतका घटनाहरूको अनुसन्धानमा सहयोग तथा सहजीकरण गर्न प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गरी सम्पर्क व्यक्ति तोक्न पत्राचार गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले प्रहरी प्रधान कार्यालयमा दलित डेस्क स्थापना गरी कामकारबाही अघि बढाउन पत्राचार गरिएको जानकारी दिए । उनले यसअघि ७७ जिल्लामा स्थापना भएका दलित डेस्कलाई थप प्रभावकारी रूपमा सञ्चालन र व्यवस्थापन गर्न निर्देशन दिइएको जानकारी दिए ।

‘दलित समुदायका व्यक्तिहरूको समेत सहभागितामा दलित डेस्क स्थापना गरी सामाजिक कुरीतिका रूपमा समाजमा विद्यमान छुवाछुत तथा भेदभाव हटाई कानुन कार्यान्वयन तथा सुशासन अभिवृद्धिमा योगदान पुर्याउन परिपत्र गरिएको हो ।’ प्रवक्ता तिवारीले भने– ‘डेस्कमा रहने प्रहरी कर्मचारीलाई समन्वयात्मक र थप प्रभावकारी रूपमा सञ्चालन र व्यवस्थापन गर्न भनेका छौँ ।’

केही दिनअघि गृहमन्त्री रमेश लेखकलाई भेट्न गृह मन्त्रालय पुग्नुभएका संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिका पदाधिकारीसितको भेटमा मन्त्री लेखकले जातीय विभेद र छुवाछुतका विषय हेर्न प्रहरी प्रधान कार्यालयमा दलित डेस्क स्थापना गर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.