भारतमा विद्यार्थी मृत्यु र दुर्ब्यबहारप्रति क्रान्तिकारीको बिरोध

मकवानपुर । भारतको उडिशा राज्यको कीट विष्वबिद्यालयमा अध्ययनरत प्रकृति लम्सालको शंकास्पद मृत्यु र बिष्वबिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई गरिएको दमनका विरुद्ध अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस कमिटीको आयोजनामा बुधबार साँझ बिरोध प्रदर्शन गरेको छ ।

बिरोध कार्यक्रममा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) मकवानपुरका सचिव वीरबहादुर घलान ‘ज्वाला’ले भारतमा अध्ययन गर्न गएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको हत्या भएको र हत्याको छानबिन गरि दोषीलाई कडा कार्वाह गर्नुपर्ने बताए । उनले विद्यार्थीहरुको शैक्षिक भविस्य सुनिश्चितका लागि आग्रह गरे ।

अखिल(क्रान्तिकारी) मकवानपुर बहुमुखी  क्याम्पस कमिटी उपाध्यक्ष सुजन सिलवालको अध्यक्षतामा भएको बिरोध कार्यक्रममाअखिल(क्रान्तिकारी) मकवानपुर जिल्ला समिति अध्यक्ष बुद्धराज अर्यालले  भारतको कीट विश्व विध्यालयमा अध्ययनरत करिब ५ सय नेपाली विद्यार्थीहरुको सुरक्षाको ग्यारेन्टीको जिम्मा विश्वविध्यालयले लिनुपर्ने र नेपाली विद्यार्थीले राखेका ८ बुँदे माग संबोधन गर्न आग्रह गर्नुभयो । उनले बिद्यार्थीले राखेका माग संबोधन नभएमा कडा आन्दोलन गर्ने बताए ।

कार्यक्रममा प्रकृति लम्साललाई न्याय देउ, नेपाली विद्यार्थीको सुरक्षाको ग्यारेन्टी गर जस्ता नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरिएको थियो । सोही क्रममा प्रकृति लम्सालको आत्माको शान्तिको लागि दिप प्रज्ज्वलन गरिएको थियो । बिरोध कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश समिति सचिवालय सदस्य ललित घलान, नेकपा (माओवादी केन्द्र) हेटौंडा-९ वडा कमिटी अध्यक्ष रामचन्द्र नेपाल, अखिल(क्रान्तिकारी)बमकवानपुर सचिब छोइसाङ लामा, कोषाध्यक्ष अनिल बसेल लगायत पदाधिकारहरु र मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.