हेटौंडा । बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताका लागि गाउँपालिकाका कर्मचारीहरुले नगद सहयोग गरेका छन् । सोमबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहरसिं थिङलाई नगद हस्तान्तरण गरेका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत दर्जीले कर्मचारीहरुको तर्फबाट १ लाख ३२ हजार २ सय ३१ रुपैयाँ सहयाेग नगद खेलकुद विकास समितिलाई हस्तान्तरण गरेका हुन् । बागमती-४ स्थित सहिद स्मृति रंगशालामा जारी प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।प्रतियोगिताका लागि विभिन्न संघसंस्था, जनप्रतिनिधि, कर्मचारी र खेलप्रेमीहरुबाट सहयोग पाउने क्रम जारी रहेको खेलकुद विकास समितिका अध्यक्ष थिङले बताए ।
प्रतिकृया दिनुहोस्

















