हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका ४ नम्बर वडामा रहेको श्री बाघभैरब आधारभुत विद्यालयमा वाटर डिस्पेन्सर जार सहयोग गरिएको छ ।
शुक्रबार एक कार्यक्रमबीच स्थानीय समाजसेवी ज्ञान बहादुर घलानले विद्यालय प्रधानाध्यापक सिंग बहादुर सुनारलाई १० थान वाटर डिस्पेन्सर जार हस्तान्तरण गरेका हुन् ।
घलानले उक्त जारले पानी पिउन सहज हुने बताउँदै विद्यार्थीहरु धारासम्म जाने समयको बचत हुने बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुनिल बोम्जनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा समिति सदस्य भिम लाल लुङबा, शान्ती मोक्तान, बेलिमाया टुप्पा र शिक्षिका सुनकुमारी स्याङ्तान लगायतको उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस्

















