बसपार्कको चण्डिका होटलमा राक्सिराङका सरोज मृत अवस्थामा भेटिए

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडाको एक होटलमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । बिहीवार दिउँसो १२:२० बजेको समयमा हेटौंडा-१०, बसपार्कमा श्याम सुन्दर तिवारीले संचालन गरेको चण्डिका होटलमा एकजना पुरुष मृत अवस्थामा फेला परेका हुन् ।

मृतक पुरुष राक्सिराङ गाउँपालिका ४ नम्बर वडाका २८ वर्षीय सरोज शाह रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बुधबारदेखि उक्त होटलको २०१ नम्बर कोठामा बस्दै आएको शाह बिहिवार बिहान अबेरसम्म पनि ढोका नखोलेको र बाहिर निस्किएको नदेखे पछी होटल संचालकले झ्यालबाट हेर्दा मृत्यु भएको आशंका भएकोले प्रहरीलाई खबर गरेको थियो।

घटनास्थल सुरक्षित राखी प्रारम्भिक अनुसन्धानको क्रममा बिस्तारामा बसेको अबस्थामा मृत्यु भएको देखिएको प्रहरीले आशंका गरेको छ। यस्तै, घटनास्थलको मुचुल्का लिई शव पोस्टमार्टमको लागी हेटौडा अस्पतालमा राखिएको र घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.