उद्योग मन्त्री तामाङद्वारा एमसीसीआई ईक्युवेसन, लर्निङ्ग सेन्टरको उद्घाटन

हेटौंडा । बागमती प्रदेशकी उद्योग , वाणिज्य , भुमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले एमसीसीआई ईक्युवेसन, लर्निङ्ग सेन्टरको उद्धघाटन गरेकी छन् । बुधवार हेटौंडा–२ स्थित मकवानपुर उद्योग वाणिज्य संघको कार्यालयमा स्थापना गरिएको लर्निङ्ग सेन्टरको मन्त्री तामाङले उद्घाटन गरेकी हुन् ।

लर्निङ्ग सेन्टरको उद्घाटन गर्दै मन्त्री तामाङले यस्ता खालका योजनाले युवा र महिलाहरुका लागि स्वरोजगार बन्ने अवसर मिल्ने बताईन् । लर्निङ्ग सेन्टरले युवाहरुको उदेश्य अनुसार मार्गदर्शन गर्ने भएकोले उक्त प्रंशसनीय कार्यका लागि मउवा संघलाई धन्यवाद व्यक्त गर्दै यसलाई अझै पर्याप्त ब्यवस्थित बनाउन मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

उद्योग मन्त्रालय बागमती प्रदेशको २० लाख सहयोगमा स्थापना गरिएको लर्निङ्ग सेन्टरमा नयाँ ब्यवसायी गर्न चाहने युवाहरुका लागि शिक्षा प्रदान गरिने उद्योग वाणिज्य संघ मकवानपुरका उपाध्यक्ष उज्वल चौलागाईले जानकारी दिए । मउवा संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभा अध्यक्षतामा भएको कार्यक्रममा उद्योग , वाणिज्य , भुमि तथा प्रशासन मन्त्रालयका सचिव राजेन्द्र केसी , संघका पुर्व अध्यक्ष उत्तम शर्मा ढकाल, जिवन काजि मकाजु लगायतको उपस्थित रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.