हेटौडा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) मकवानपुरको अध्यक्षमा पुनः विनोद सुवेदी सर्वसम्मत चयन भएका छन् । शुक्रबार हेटौंडामा सम्पन्न प्याव्सन मकवानपुरको २० औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले सुवेदीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजकुमार नहर्की, उपाध्यक्षमा नविन केसी र लक्ष्मी श्रेष्ठ, सचिवमा विष्णुहरि सुवेदी, कोषाध्यक्षमा उपेन्द्र सुवेदी, सहसचिवमा रामबाबु सापकोटा, सहकोषाध्यक्षमा भरत सापकोटा लागायतको पदाधिकारी चयन भएका छन् । यस्तै, सदस्यमा रमिता पाण्डे, गिता आचार्य र रिना आचार्य चयन भएका हुन् ।
कार्यक्रममा समृद्ध समाज दैनिककी संवाददाता जमुना थिङ, कान्तिपुर दैनिकका संवाददाता सुवास बिडारी र कान्तिपुर टेलिभिजनका संवाददाता बालकृष्ण अधिकारीलाई सम्मान गरेको थियो। साधारणसभाकै अवसरमा प्याव्सन मकवानपुरले संस्थापक अध्यक्ष ऋषिराम आचार्य, पूर्वअध्यक्षहरु आशिष श्रेष्ठ, मदन दहाल र अनिल पाण्डेलाई पनि सम्मान गरेको छ । यस्तै प्याव्सनले शिक्षकहरु अरविन्द कुमार झा, उमा मगर, सञ्जिव ठाकुरलाई पनि सम्मान गरेको हो ।
प्याव्सन केन्द्रीय समिति अध्यक्ष डीके ढुंगानाको प्रमुख आतिथ्यतम रहेको साधारणसभा तथा अधिवेशनको उद्घाटन समारोहमा प्याव्सन बागमती प्रदेश समितिका अध्यक्ष केशवलाल श्रेष्ठको उपस्थिति थियो । कार्यक्रम प्याव्सन अध्यक्ष सुवेदीको सभाध्यक्षतामा सम्पन्न भयो।

















