हेटौंडा । लागुऔषध गाँजासहित हेटौंडामा दुई महिला पक्राउ परेकी छन् ।
बिहिवार बिहान ०६:०० बजे प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा हेटौडा उपमहानगरपालिका ४ नम्बर वडा स्थित नारायणी मल नजिकै सडकमा हिडिरहेको अवस्थामा १० किलो २७० ग्राम गाँजासहित उनीहरु पक्राउ परेकी हुन् ।
पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका ५, भैराङकी ३० वर्षीय अंजली गोले र हेटौंडा ३, बसामाडीकी ५१ वर्षीय ज्ञानुमाया रहेकी छन् । प्रहरीले शंका लागेर रितपुर्वक खानतलासी गर्दा उनीहरुले बोकेको झोला भित्र लुकाएर ल्याएको अवस्थामा लागु औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
गाँजा सहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

















